सिंहदरबार भित्रैका २२६ कर्मचारीलाई कारवाही - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

सिंहदरबार भित्रैका २२६ कर्मचारीलाई कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ कार्तिक २०७६
Sunrise
सिंहदरबार भित्रैका २२६ कर्मचारीलाई कारवाही
LBEF

काठमाडौँ । सिंहदरबार परिसरका दुई सय २६ कर्मचारी छड्केमा परेकाछन् । राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार परिसरका तीनमन्त्रालयसहित ६ कार्यालयमा अनुगमन गरेको थियो। अर्थ मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल, खानेपानी मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा छड्केको गरेको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए।

अनुपस्थित समय पालना नगरेको १६९ जना, अघिल्लो मितिमा बिदा स्वीकृत नगराडू अनुपस्थित हुनेमा ३२ जना, तोकिएको पोशाक नलगाउने १४ जना, सिट छडकेमा ११ जना छन्। अर्थका २७ कर्मचारी छड्केमा परेका छन्। अनुपस्थित/समय पालना नगरेको २४ र सिट छडकेमा ३ जना छन।

मुद्रण विभागका ६१ जना कर्मचारी कारवाही परे। अनुपस्थित/समय पालना नगरेका ५६ जना, अघिल्लो मितिमा विदा स्वीकृत नगराइ अनुपस्थित हुनेमा ३ जना, पोशाक नलगाउने १ जना, सिट छडकेमा १ जना छन्। रेडियो नेपालका ४२जना कर्मचारी छडकेमा परे। अनुपस्थित / समय - पालना नगरेका ६ जना, अघिल्लो मितिमा बिदा स्वीकृत नगराइ अनुपस्थित हुनेमा २९ जना, तोकिएको पोशाक नलगाउने ६ तथा सिट छडकेमा १ जना कर्मचारी परेका छन्।

खानेपानी मन्त्रालयमा अनुपस्थित/समय पालना नगरेका १, पोशाक नलगाउने १ र सिट छड्केमा १ जना परेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुपस्थित / समय पालना नगरेका ३२ जना, पोशाक नलगाउने ३ जना र सिट छड्केमा ४ गरी ३९ जना कारवाहीमा परे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा अनुपस्थित / समय पालना नगरेका ५०, तोकिएको पोशाक नलगाउने ३, सिट छड्केमा १ गरी ५४ जना छडकमा परेका छन्। केही दिन अघि मात्रै सिंहदरबार भित्र ९ वटा मन्त्रालयमा सतर्कता केन्द्रले छड्के गरेको समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस