सिभिल बैंकको शाखा काँडाघारीमा - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

सिभिल बैंकको शाखा काँडाघारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise bank
सिभिल बैंकको शाखा काँडाघारीमा
LBEF
NCH-IPS

काठमाडौं । सिभिल बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका काँडाघारीमा शाखा संचालन गरेको छ । सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतm रुपमा गरेका हुन् । 

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डेले गरेको थियो भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोला बहादुर विष्ट तथा अन्य विशिष्ट पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पार्नुभयो तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिंखडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए । 

कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गरे । 

सोही समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५ हजारकोे चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस