राहदानी विधेयक पारितसँगै यस्तो नियम - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

राहदानी विधेयक पारितसँगै यस्तो नियम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
राहदानी विधेयक पारितसँगै यस्तो नियम
LBEF

काठमाडौं । संसद्ले हालै पारित गरेको राहदानी विधेयकले फौजदारी मुद्दा चलेका व्यक्तिको राहदानी (पासपोर्ट) रोक्का हुने व्यवस्था गरेको छ। यससँगै अब फौजदारी अभियोगमा मुद्दा खेपिरहेका व्यक्तिको राहदानी पनि जफत हुने भएको छ।

राष्ट्रपतिबाट मंगलबार प्रमाणीकरण भएको राहदानी ऐन २०७६ मा कूटनीतिक राहदानी, विशेष राहदानी, सर्भिस राहदानी, साधारण राहदानी प्राप्त हुने व्यवस्था गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिको राहदानी रोक्का राख्ने व्यवस्था गरेको हो। 

राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचवखिन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसूरमा राहदानी रोक्का राख्ने व्यवस्था ऐनले गरेको हो।

उल्लेखित अभियोगमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखी पठाएमा राहदानी रोक्का हुनेछ। यस्तो अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेशबमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख्न अदालतले लेखी पठाएको अवस्थामा पनि राहदानी रोक्का हुनेछ। 

यसैगरी, उल्लेखित अभियोगमा अदालतबाट कसूरदार ठहर भई सजाय भोगिरहेको ब्यक्तिको पनि राहदानी रोक्का हुनेछ। बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुनबमोजिम कालोसूचीमा परेको व्यक्तिको पनि राहदानी रोक्का हुने व्यवस्था ऐनले गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस