यस्तो छ पाइपलाइनले एक महिनामा गरेको बचत - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

यस्तो छ पाइपलाइनले एक महिनामा गरेको बचत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise bank
यस्तो छ पाइपलाइनले एक महिनामा गरेको बचत
LBEF
NCH-IPS

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनामा दुवानी भाडावापत १० करोड रुपैयाँ बचत भएको छ । मोतिहारी अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पछिल्लो एक महिनाको अवधिमा झन्डै ५ करोड लिटर डिजेल आयात भएको छ । 

सो परिमाणमा डिजेल आयात गर्दा १० करोड रुपैयाँ बचत भएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ।

गत भदौ २४ देखि सञ्चालनमा आएको पाइपलाइनबाट एक महिनाको अवधिमा ४ करोड लाख ७७ हजार लिटर डिजेल आयात भएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ ।

प्रतिघन्टामा १ सय ७० लिटरका दरले पाइपलाइनबाट डिजेल आयात भएको अमलेखगन्ज कार्यलयका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल ल्याउँदा एक महिनाको अवधिमा १० करोड रुपैयाँ बचत भएको यादवले जानकारी दिए । 

पछिल्लो एक महिनायता रक्सोलदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल भित्रिएको छ। सुरुमा दैनिक १२ देखि १५ घन्टा सञ्चालन भएको पाइपलाइन अहिले २४ घन्टा नै सञ्चालनमा आएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस