पकेट क्षेत्रमै दुई गुणले बृद्धी भयो अदुवाको मूल्य - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

पकेट क्षेत्रमै दुई गुणले बृद्धी भयो अदुवाको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
पकेट क्षेत्रमै दुई गुणले बृद्धी भयो अदुवाको मूल्य
LBEF

तस्बिर :फाइल

पाँचथर । गतवर्षको तुलनामा यस वर्ष पाँचथरमा अवाको मूल्य करीब २ गुणा बढेको छ। गतवर्ष यो सिजनमा प्रतिमन,२ हजार ५०० देखि २ हजार ८०० रुपैयाँमा बिक्री भएको अदवा यस वर्ष ७ हजार ५०० रुपैयाँ सम्ममा विक्री भएको हो ।

अदुवाको भाउ बढेसंगै किसानहरू उत्साहित भएका छन् । कृषक महासंघ, पाँचथरका अध्यक्ष गणेश पोखरेलले यस वर्ष अवाले राम्रो मूल्य पाएको बताए । ‘विगत वर्षमा अवाले भाउ नपाउँदा कृषक मर्कामा परेका थिए,’ उनले भने, ‘भारतीय पक्षबाट निकासीमा अवरोध भएपछि अदवा विक्नै मुश्किल पर्यो। अहिले यो अवस्था हटेको छ । अदुवा बेच्ने समय शुरू भएसंगै व्यापारीहरू अहिले कृषकका घरघरमा पगेर खरीद गर्न थालेका छन् । फागुन र चैतमा रोपिएको अदवाको माउ साउनदेखि नै निकाल्ने गरिन्छ।

लामो खडेरीले उत्पादन कम भए पनि मला बढेकाले राहत मिलेको कुम्मायक गाउँपालिकाका अदुवा कषक महेन्द्र खड्काले बताए । ‘अदुवा उत्पादन घटेको त छ, तर यसपालि मूल्य धेरै बढेकाले राम्रो आम्दानी हुने आशा छ,' उनले भने। गतवर्ष प्रतिमन १५ सय रुपैयाँका दरले अदवा विक्री गरेकी मिक्लाजुङ गाउँपालिकाकी तिलमाया भण्डारी यस वर्ष भाउ प्रतिमन ६ हजार ५०० रुपैयाँ पुगेपछि उत्साहित छिन्।

नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो । यहाँ उत्पादित करीब ९० प्रतिशत अद्वा झापाको काकडभिट्टा नाका हुँदै भारत तथा १० प्रतिशत बंगलादेशमा निर्यात हुँदै आएको छ । जिल्लाका कुम्मायक र हिलिहाङ गाउँपालिका अदुवा उत्पादनमा पकेट क्षेत्र मानिन्छन् । ९४५ हेक्टरमा अदुवाखेती गरिने पाँचथरमा अघिल्लो वर्ष ७ हजार ५६० मेट्रिकटन अदुवा उत्पादन भाएको तथ्यांक पाइन्छ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस