aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

घट्यो तेलको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ कार्तिक २०७६
Sunrise
घट्यो तेलको भाउ
LBEF

सिंगापुर । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकी कच्चा तेल सञ्चिति अपेक्षा गरिएको भन्दा धेरैले बढेको तथ्यांक सार्वजनिक भएपछि बिहीवार तेलको भाउ घटेको हो । 

विश्वको अर्थतन्त्र सुस्ताउने थप संकेतले पनि तेल बजार दबाबमा आएको हो। बिहानी कारोबारमा लन्डनस्थित आईसीआई फ्यूचर्सको कोमेक्स डिभिजनमा ब्रेन्ट कुडको भाउ ४० सेन्ट (शून्य दशमलव ७ प्रतिशत)ले घटी प्रतिब्यारेल ५९ डलर शून्य २ सेन्टमा आएको थियो । यूएस कुड फ्यूचर्सको भाउ पनि ४६ सेन्ट (शून्य दशमलव ) प्रतिशतले घटेर प्रतिब्यारेल ५२ डलर ९० सेन्टमा आएको थियो । 

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार बिहीबार दिउँसो १ः५१ मा यूएस क्रुडको भाउ १ दशमलव ०४ प्रतिशतले बढ़ी प्रतिब्यारेल ५३ डलर ३६ सेन्टमा आएको थियो।

ब्रेन्ट क्रुडको भाउ भने शून्य दशमलव शून्य ३ प्रतिशतको कमी सहित ५९ डलर ४९ सेन्टमा आएको थियो । अमेरिकी पेट्रोलियम इन्स्टिच्यूटले सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनअनुसार अक्टोबर ११ मा सकिएको हप्तामा अमेरिकी कच्चा तेल सञ्चिति १ करोड ५ लाख ब्यारेलले बढेर ४३ करोड २५ लाख ब्यारेलमा पुगेको छ। 

अमेरिकाको कच्चा तेल सञ्चिति गत हप्ता २८ लाख ब्यारेलले मात्रै बढेको हुन सक्ने विश्लेषकहरूले बताएका थिए । विश्व अर्थतन्त्र कमजोर रहेको तथ्यांक सार्वजनिक भएकै बेलामा बजारको ध्यान धेरै मात्रामा रहेको छ । यस्तोमा अमेरिकी कच्चा तेल सञ्चितिमा भएको वृद्धिले बजारमा असन्तुलन बढ्ने चिन्ता बढेको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस