शिवम् सिमेन्टले तिहारमा दिंदैछ चाँदी उपहार - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

शिवम् सिमेन्टले तिहारमा दिंदैछ चाँदी उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
Sunrise
शिवम् सिमेन्टले तिहारमा दिंदैछ चाँदी उपहार
LBEF

काठमाडौँ ।  शिवम् सिमेन्टले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।

कम्पनि द्वारा जारी शुभकामना सहितको बिज्ञप्तिमा जनाइए अनुसार यो योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्नेजनाएको छ । शिवम्ले यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको बताएको छ । 

ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गरेको शिवम् सिमेन्टले चाडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्र्दैन यस्तो योजना ल्याएको जनाएको छ । यो सिमेन्ट कम्पनीले बिभिन्न क्षेत्रहरु जस्तै: स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

उच्च गुणस्तर, विक्री पछिको निः शुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको कम्छपनीले दाबी गरेको छ । नेपाल गुणस्तर चिन्ह, नेपाल गुणस्तर तथा नापातौल विभागबाट जारी हुने प्रमाण पत्रहरु प्राप्त गर्न सफल शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको बिज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस