उत्तर कोरियालाई अक्टोबरसम्म लगानी फिर्ता लैजान विभागद्वारा अल्टिमेटम - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

उत्तर कोरियालाई अक्टोबरसम्म लगानी फिर्ता लैजान विभागद्वारा अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
Sunrise
उत्तर कोरियालाई अक्टोबरसम्म लगानी फिर्ता लैजान विभागद्वारा अल्टिमेटम
LBEF

काठमाडाैं । नेपालमा गरेको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन दिएको छ। अक्टोबर महिनासम्ममा लगानी फिर्ता लैजान पुनः अर्को पत्र काटेको उद्योग विभागले जानकारी दिएको छ।

उत्तर कोरियाले नेपालमा गरेको लगानी फिर्ता लैजान परराष्ट्रले अक्टोबर सम्मको म्याद दिएको छ। सो निर्णयलाई समयमै कार्यान्वयन गर्न विभागले पुन पत्र काटेको विभागका सुचना अधिकारी विनोद खड्काले जानकारी दिए।

उत्तर कोरियाका लगानीकर्ताले नेपालमा २३ वर्षदेखि लगानी गरेको उद्योग विभागको तथ्यांक छ। २३ वर्षसम्म होटल रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट तथा अन्य सेवामूलक क्षेत्रमा भएको उत्तर कोरियालीको लगानी अब फिर्ता लैजन सरकारले आग्रह गरेको छ। उसलाई नयाँ लगानीका लागिसमेत प्रतिबन्ध लगाइएको छ।

सरकारले डेढ महिनाको समयसीमा दिएर नेपालमा लगानी गरेका कोरियाली लगानीकर्ताको भिसा अक्टोबरपछिको लागि थप गरेको छैन । कोरियाली लगानी रहेको हिमालयन सोजी रेस्टुरेन्ट, होटल रिमिन एन्ड रेस्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चान्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, मिनस रेस्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, पोङयाङ अकुग्यान रेस्टुरेन्ट र नेकोर्यो अस्पताललाई लगानी फिर्ताका लागि पत्र पठाइएको थियो । विभागले कात्तिक १५ सम्म कम्पनीको स्वामित्व बिक्री गरेर बन्द भएको सूचना विभागलाई पठाउन भनेको छ ।

अहिलेसम्म उत्तर कोरियालीको नेपालमा १८ करोड ६५ लाख ४९ हजार २ सय रूपैयाँ लगानी गरेको विभागको तथ्याङ्कले देखाएकाे छ ।

कति छ उत्तर कोरियाली लगानी ?

सरकारले दिएको समयसीमा भित्रै नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता भएनेपाल र उत्तर कोरियाली लगानी सम्बन्ध अक्टोबर महिनाबाट अन्त्य हुनेछ । पछिल्लो २३ वर्षमा मिसन अस्पताल, होटल रेष्टुरेन्टदेखि सफ्टवेयर डेभलपमेन्टसम्मको क्षेत्रमा उत्तर कोरियाली लगानीकर्ताले नेपालमा लगानी भित्र्याउँदै आएका थिए । उद्योग विभागका अनुसार अक्टोबर अन्तिम अर्थात कात्तिक १५ पछि उत्तर कोरियाली लगानीकर्ताले नयाँ लगानीसमेत नेपाल भित्र्याउन पाउने छैनन् ।

विभागको विवरण अनुसार नेपालमा १८ करोड ६५ लाख ४९ हजार हाराहारी नेपाली रुपैयाँ बराबरको उत्तर कोरियाली लगानी छ । सबैभन्दा बढी होटल रेष्टुरेन्टको क्षेत्रमा लगानी गरिएको छ । कोरियाली लगानीका उद्योग तथा व्यवसायबाट ३ सय ४६ जनाले रोजगारी पाएको विभागले जनाएको छ । श्रम विभागका अनुसार नेपालमा श्रम स्वीकृति लिएर ४ जना उत्तर कोरियाली नागरिकहरु काम गरिरहेका छन् ।

उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र मोहले विश्वमा खतरा उत्पन्न भएको भन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले २०५० सालमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो । त्यसयता पनि उत्तर कोरियाको गतिविधि नरोकिएपछि २०७५ पुसमा सुरक्षा परिषद्ले नाकाबन्दी थप कठोर बनाएको छ । जसअनुसार उत्तर कोरियालाई अन्य देशसँग आर्थिक कारोबारमा प्रतिबन्धसँगै लगानी गर्न समेत निषेध छ ।

प्रतिक्रिया दिनुहोस