काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी निर्वाचनमा अध्यक्ष पदमा करण चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी पौष २०/२१ गते हुने नाडाको साधारणसभामा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन । सिजी मोटोकर्प सुजुकी गाडीको आधिकारीक बिक्रेता कम्पनीका निर्देशक रहेका चौधरी यसअघिको निर्वाचमा पनि अध्यक्षका उम्मेद्वार थिए ।