युएईमा नेपालीको पारिश्रमिक वृद्धि ! - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

युएईमा नेपालीको पारिश्रमिक वृद्धि !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
Sunrise bank
युएईमा नेपालीको पारिश्रमिक वृद्धि !
LBEF
NCH-IPS

काठमाडौं । युएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयमा नेपाल र संयुक्त अरब इमिरेड्स (युएई) सरकारबीच छलफल भएको छ ।

आबुधाबी डायलगको पाँचौ मन्त्रीस्तरीय बैठकमा भाग लिन युएई गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिस्ट र युएईका मानव संशाधनमन्त्री नसिर बिन अल हमालीसँगको छलफलमा पारिश्रमिक वृद्धि गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा युएईमा जाने नेपाली कामदारहरुको सीप विकासका लागि नेपाल सरकार र युएई सरकारबीच सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको छ ।

दुई देशका मन्त्रीस्तरीय बैठकमा नेपालबाट युएई जाने नेपाली श्रमिकहरुको हित प्रबद्र्धन गर्ने विविध विषयमा समेत छलफल भएको नेपाली राजदूतावास आबुधाबीले जनाएको छ ।  यो  समाचार आजको कारोबार दैनिकम प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस