६ हजार प्रतिष्ठा र ९० हजार श्रमिक सूचीकृत - Aarthiknews
aarthiknews.com शुक्रबार, २१ चैत्र २०७६   Friday, 03 April, 2020
 
Tansen_cement
Janahit Suchana

६ हजार प्रतिष्ठा र ९० हजार श्रमिक सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असोज २०७६
Sunrise
६ हजार प्रतिष्ठा र ९० हजार श्रमिक सूचीकृत
LBEF

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन तोकेको अन्तिम म्याद बिहीबार सकिँदैछ। यसअघि दिइएको सबै रोजगारदाता र श्रमिक सहभागी हुनुपर्ने साउन मसान्तसम्मको म्यादलाई संशोधन गरी असोज मसान्तसम्म पुर्याइएको थियो।

म्याद सकिने अघिल्लो दिनसम्म योजनामा ९० हजार श्रमिक सूचीकरण भएका छन्। गएको मंसिर ११ देखि कार्यान्वयनमा ल्याइएको योजनामा सबै रोजगारदाता र श्रमिक सूचीकरण गर्ने सरकारको लक्ष्य छ। सामाजिक सुरक्षा कोषका अनुसार बुधबारसम्म ६ हजार तीन सय उद्योग प्रतिष्ठानमा काम गर्ने करिब ९० हजार श्रमिक सूचीकरण भएका हुन्।

निकै तामझामका साथ सुरु गरिएको योजनामा अपेक्षा गरिएभन्दा निकै कम श्रमिक र रोजगारदाता सूचीकरण भएपछि कोषले पुनः सूचीकरण हुने अवधि थप गर्ने तयारी गरेको छ। कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सूचीकरणको म्याद सकिँदै गर्दा योजनामा उत्साहपूर्वक सहभागिता भइरहेको बताए। सूचीकरणको म्याद सकिने अघिल्लो दिन ६ हजार बढी श्रमिक योजनामा सहभागी भए। ‘योजना श्रमिक र रोजगारदाता दुवैको हितमा रहेकाले म्यादको अन्तिम दिन ठूलो
संख्यामा श्रमिक र रोजगारदाता सूचीकृत हुने अपेक्षा गरेका छौं,’ उनले भने।

सरकारले १० महिनाअघि योजनाको कार्यान्वयन गरे पनि पछिल्लो दुई महिनामा सूचीकरण हुने क्रम बढेको उनको भनाइ छ। ‘योजनाबाट हुने फाइदाबारे विस्तारै श्रमिक र रोजगारदाताले बुझ्दै गएका छन्,’ उनले भने, ‘जसले गर्दा अब कार्यक्रम ब्याक गियरमा जाने अवस्था छैन।’

अन्तिम म्यादभित्र सूचीकरण नहुने रोजगारदातालाई कारबाही गर्नुपर्ने कतिपयले आवाज उठाए पनि कोषले तत्काल त्यस्ता रोजगारदातालाई कारबाही गर्ने मनसाय राखेको छैन। ‘अन्तिम
म्यादसम्म सबै रोजगारदाता आएनन् भने प्रचारप्रसार पुगेन भन्ने ठान्छौं,’ उनले भने।

योजनामा सूचीकरण नभएका रोजगारदाताकहाँ काम गर्ने । श्रमिक समस्यामा परेको खण्डमा कोषले कुनै पनि सुविधा उपलब्ध गराउँदैन । कार्यकारी निर्देशक ज्ञवालीका अनुसार योजनामा सहभागी भएका एकजना श्रमिकको केही महिनाअघि मृत्यु हुँदा उनकी पत्नीले जीवनभर मासिक १७ हजार एक सय रूपैयाँका दरले पारिश्रमिक पाउने सुविधा दिइएको छ ।  

प्रतिक्रिया दिनुहोस