बट्टारमा बसले किच्दा ६ वर्षीय बालकको मृत्यु, चालक कुटिए , बजार बन्द - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

बट्टारमा बसले किच्दा ६ वर्षीय बालकको मृत्यु, चालक कुटिए , बजार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise
बट्टारमा बसले किच्दा ६ वर्षीय बालकको मृत्यु, चालक कुटिए , बजार बन्द
LBEF

नुवाकाेट । नुवाकोटको बट्टारबजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका–६, गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको बुधबार दिउँसो केरुङ यातायातको बा४ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुनेगरी कुटेका छन् भने बस तोडफोड भएको छ ।

घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

मृतकका आफन्तले दोषीलाई कडा करबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टारबजार बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस