aarthiknews.com आइतबार, २५ जेठ २०७७   Sunday, 07 June, 2020
 
Tansen_cement
hulas Remite

जग्गेबाटै बेहुला बेहुली, पण्डितसहित सातजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise
जग्गेबाटै बेहुला बेहुली, पण्डितसहित सातजना पक्राउ
LBEF

काठमाडौं । बाल विवाह गरेको भन्दै  सल्यानमा बेहुला बेहुली, पण्डितसहित सातजनालाई प्रहरीले जग्गेबाटै पक्राउ गरेको खबर छ । जिल्लाको कपुरकोट गाउँपालिका–५ जामुनेबाट उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 
 जिल्लको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बेहुला  र  कक्षा ८ मा अध्ययनरत बेहुलीले केही दिन अघि भागी विवाह गरेका थिए ।  भागेर विवाह गरेका बेहुला बेहुलीको हिन्दू परम्पराअनुसार विवाह गराउन खोज्दा उनीहरु आइतबार पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

प्रतिक्रिया दिनुहोस