प्रहरी तालिम केन्द्रभित्रै महिला प्रहरीमाथि बलात्कार प्रयास, सई पक्राउ - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

प्रहरी तालिम केन्द्रभित्रै महिला प्रहरीमाथि बलात्कार प्रयास, सई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise bank
प्रहरी तालिम केन्द्रभित्रै महिला प्रहरीमाथि बलात्कार प्रयास, सई पक्राउ
LBEF
NCH-IPS

काठमाडौं । साली नाता पर्ने तालिमे महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका प्रशिक्षक एक प्रहरी नायब निरीक्षक (सई ) पक्राउ परेका छन् । २८ वर्षदेखि तालिम केन्द्रमा प्रशिक्षकको रुपमा कार्यरत सई बमबहादुर राना पक्राउ परेका हुन् ।

उनलाई साली नाता पर्ने तालिमे महिला प्रहरीलाई तालिम केन्द्रकै गेष्टहाउसमा बोलाएर करणी प्रयास गरेको आरोप लगाइएको छ । करिब २० हजार जना प्रहरीलाई तालिम दिईसकेका रानालाई बलात्कार प्रयासको आरोप लगाउने युवती प्रहरीमा भनाए हुनु अघि रानाकै घरमा बस्दै आएको खुल्न पुगेको छ । युवतीको उजुरीपछि बाँके प्रहरीले रानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ताले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस