बैंक अफ काठमाण्डूले लाभांश दिँदै - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

बैंक अफ काठमाण्डूले लाभांश दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise bank
बैंक अफ काठमाण्डूले लाभांश दिँदै
LBEF
NCH-IPS

काठमाडौं । बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा असोज ३० गते नक्सालको एलिस बैंक्वटमा हुने भएको छ ।  साधारण सभामा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश पारित गर्ने विषय रहेको छ । बैंकको लाभांश असोज १५ गतेसम्म कायम शेयरधनीले पाउन सक्नेछन् । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६ करोड छ । प्रस्तावित बोनस शेयर वितरणपछि पुँजी  ८ अर्ब ५४ करोड ६८ लाख पुग्नेछ । 

बैंकले गत आवमा १ अर्ब ९३ करोड ८२ लाख १९ हजार नाफा कमाएको छ । सोही अवधिमा बैंकको वितरणयोग्य नाफा  १ अर्ब ३० करोड १ लाख ९८ हजार रहेको छ । 

प्रतिक्रिया दिनुहोस