ओपोको रेनो टु एफ नेपाली बजार - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

ओपोको रेनो टु एफ नेपाली बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise bank
ओपोको रेनो टु एफ नेपाली बजार
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । ओपोले रेनो सिरिजअन्तर्गतको रेनो टु एफ नेपाली बजारमा ल्याएको छ । रेनो टु एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी ¥याम, हिडेन फिंगरप्रिन्टलगायत  फिचर्स छन् । ओपो रेनो टु एफले रेनो सिरिजको रचनात्मकता (क्रिएटिव) जिन आफूमा पनि समेटेको छ ।  प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधारपनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 

ओपो रेनो टु एफमा यसपटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको व्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ इन्च सेन्सरको सहायताबाट यो  सम्भव भएको कम्पनीको भनाइ छ ।

४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितिमा उत्कृष्ट तस्विर खिच्ने क्ष्कम्पनीको दाबी छ । रेनो टु एफमा कम्पनीले  ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्थापनि रहेको छ ।  यो ३० मिनेटमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।
 

प्रतिक्रिया दिनुहोस