विश्वको आर्थिक वृद्धिदरमा अनपेक्षित गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

विश्वको आर्थिक वृद्धिदरमा अनपेक्षित गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ असोज २०७६
Sunrise bank
विश्वको आर्थिक वृद्धिदरमा अनपेक्षित गिरावट
LBEF
NCH-IPS

वासिङ्टन डीसी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले व्यापारयुद्धको कारण विश्वको आर्थिक वृद्धिदर दशकयताकै कमजोर रहनसक्ने चेतावनी दिएको छ ।  मंगलवार विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले व्यापारयुद्धको समाधान ननिस्किए आर्थिक वृद्धिदर दशकअघिको आर्थिक संकट यताकै कमजोर बन्ने बताएको हो।

आईएमएफले यस वर्षको लागि विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि गत  जुलाईमा उसले ३ दशमलव २ प्रतिशतको वृद्धिदरको प्रक्षेपण गरेको थियो । 

पछिल्लो समय व्यापारिक तनाव बढिरहेको कारण विश्वको आर्थिक वृद्धिदर केही कमजोर रहनसक्ने आईएमएफको ठहर छ । गत साता आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जियोर्जिएभाले सन् २०२० सम्म अतिरिक्त भन्सार महशुलको कारण विश्व अर्थतन्त्रमा ७ खर्ब डलरको नोक्सानी हुनसक्ने बताएकी थिइन् । 

आईएमएफकी वरिष्ठ अर्थविद् गीता गोपीनाथले म्यानफ्याक्चरिङ गतिविधि र विश्व व्यापार कमजोर देखिएको कारण विश्वको अर्थतन्त्र सुस्ताउने बताइन् । आईएमएफले सन् २०२० का लागि भने विश्वको अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । सो अवधिमा ब्राजिल, मेक्सिको, रूस, साउदी अरेबिया र टर्कीजस्ता मलकको अर्थतन्त्रमा सुधार हुने भन्दै आईएमएफले आगामी वर्ष विश्वको अर्थतन्त्रले गति लिने प्रक्षेपण गरेको हो । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस