एक किलो दालले यसरी बनायो नोबेल पुरस्कार बिजेता - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

एक किलो दालले यसरी बनायो नोबेल पुरस्कार बिजेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
एक किलो दालले यसरी बनायो नोबेल पुरस्कार बिजेता
LBEF
NCH-IPS

काठमाडौँ । अभिजीत बनर्जी, एस्टेयर ड्यूफ़्लो र माइकल क्रेमरलाई यसवर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त भएको छ । यसमा रोचक पक्ष यो छ कि उनीहरुलाई नोबेल जिताउन दालको भूमिका छ । 

हुन त उनीहरुलाई गरिबी उन्मुलनको दिशामा काम गरेको कारण यो पुरस्कार दिइएको हो तर उनीहरु छनौट हुनुको कारण भने रमाइलो अनुसन्धान हो जसमा दालको भूमिका केन्द्रमा छ । यसअघी पनि भारतीय नागरिक अमर्त्य सेनलाई गरिबी उन्मूलनको काम गरेको कारण नै नोबेल सम्मान प्राप्त भएको थियो ।

नोबेल बिजेता अभिजीत बनर्जीका अनुसार मानिसहरु गरिबीका बारेमा धेरै बहस गर्छन् । तर, गरिबीको कारण र त्यसको निदान बारे भने खास गहिराइमा पुग्दैनन् । उनका अनुसार बिदेशी अनुदान, सरकारी र गैर सरकारी संस्थाको भूमिका कस्तो हुनुपर्छ भन्ने बहसमा अल्झिएर गरिबी अन्त्य हुँदैन । बरु गरिबीमा रहेको समुदायलाई छोटा छोटा समूहहरुमा बिभाजन गरेर केहि उत्प्रेरक सहयोग गर्ने हो भने गरिबी घट्छ । 

उनको भनाई यो हो कि शिक्षा, पोषण र खोप जस्ता कुरामा ध्यान दिने हो भने यसमाथि गरिने बहसको जरुरत नै पर्दैन । अनि गरिबहरुलाई थोरै मद्दत गर्ने हो भने पनि धेरै काम हुनसक्छ । तर, त्यस्ता साना काम धेरै गर्नु आवश्यक छ । 

खासमा उनीहरुले गरेका के थिए भने खोपको प्रभावकारिता कम देखिएका गाउँहरुलाई उनीहरुले तीन भागमा बाँडे । अनि 

पहलो श्रेणीमा त्यस्तो गाउँ राखे जहाँका मानिसहरुलाई स्वास्थ्य केन्द्रमा गएर खोप लागौं भनियो । दोस्रो श्रेणीमा रहेको गाउँका मानिसहरुको घरमा नै गएर बच्चालाई खोप लगाउने व्यवस्था गरियो । अनि तेस्रोमा चाहिं घर मै गएर खोप लगाउने व्यवस्थाका अलावा यसरी खोप लगाउँदा उनीहरुलाई एक केजी दाल समेत दिने गरियो । यसरी गरिएको परिक्षणबाट आएको नतिजा नै हो उनीहरुलाई नोबेल पुरस्कार दिलाउने । 

भयो के भने पहिलो श्रेणीका मानिसहरुमा खोपको प्रभावकारिता जम्मा ५ प्रतिशत मात्र देखियो । जहाँ खोप कार्यक्रम असफल नै भयो । दोस्रो गाउँका १८ प्रतिशत बच्चाले मात्र पूर्ण खोपलिन सके । जवकि तेस्रो गाउँका चाहिं ३९ प्रतिशत बच्चाले पूर्ण खोप लागेको पाइयो । 

हिसाब गर्दा यो देखियो कि दोस्रो गाउँमा प्रति खोप ५६ डलर लागत लागेको पाइयो जवकि दाल बाँडेको गाउँमा  २८ डलर मात्र प्रति खोप खर्च भयो । आखिर दालले खोपको लागत बढाएन बरु घटायो । 

यसरी उनीहरुले गरिब मानिसहरु किन खोप लगाउन स्वास्थ्य केन्द्रसम्म जाँदैनन् भन्ने मात्र कुरामा हेरेनन् कि सानो प्रोत्साहनले खोप जस्तो महत्वपुर्ण कार्यक्रमको लागत घटाउन र त्यसको प्रभावकारिता बढाउन के गर्ने भन्ने समेत देखाए । त्यति मात्र होइन स्वास्थ्यमा राज्यले गर्ने अर्बौं खर्च यसरी घट्छ भन्ने समेत प्रमाणित गरे ।

चाहे जे होस, दाल जस्तो मामुली वस्तुको वितरणले ल्याएको भिन्नता नै उनीहरुलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जिताउन सफल भयो ।  (एजेन्सीहरुको सहयोगमा )

प्रतिक्रिया दिनुहोस