अर्थमन्त्री अमेरिका प्रस्थान - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

अर्थमन्त्री अमेरिका प्रस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
अर्थमन्त्री अमेरिका प्रस्थान
LBEF
NCH-IPS

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उनी वासिङ्गटन डि.सी. मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन त्यस तर्फ लागेका ह्न् ।  

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा खतिवडा सहभागी हुनु हुने कार्यक्रम रहेको छ ।

उनले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने छन् । खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्नु हुने कार्यक्रम तय भएको छ ।

बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको परिप्रेक्ष्यमा सार्कका अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता समेत अर्थमन्त्री डा. खतिवडाले गर्ने छन् ।

भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल गर्नेछन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल समेत सहभागी हुनु हुनेछ । अर्थमन्त्री डा. खतिवडा कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस