नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ - Aarthiknews
aarthiknews.com विहीबार, ०५ मंसिर २०७६   Thursday, 21 November, 2019
 
Bajaj_Bike

नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् ।

रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस