काठमाडौं । काठमाडौं हुँदै भुटानको थिम्पु पुर्याउन खोजिएको २ किलो कोकिनसहित भारतकी एक महिला पक्राउ परेकी छिन् । मिजोरम घर भएकी ३२ वर्षीया किमरो साँगी इथियोपियाबाट दोहा हुँदै कोकिन बोकेर सोमबार काठमाडौं आइपुगेकी थिइन् ।
सोमबार बिहान १० बजेतिर उनलाई कोकिनसहित नेपाल प्रहरीले पक्राउ गरेको हो । साँगीको साथबाट प्रहरीले १९७३ ग्राम कोकिन बरामद गरेको छ । कोकिन तस्करीबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।