शीर्षकहरू

'टिकटक बन्द विरुद्ध परेको मुद्दा हेर्न भ्याइएन'

'टिकटक बन्द विरुद्ध परेको मुद्दा हेर्न भ्याइएन'

काठमाडौं । टिकटक बन्द गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ ।  टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा परेको हो  । सर्वोच्चमा परेका १०  रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । 

 सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।