काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात तिन महीनामा. ६६ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी. २५ लाख ८५ हजाररुपैयाँ नोक्सानीमा थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेकाले र १ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीले २० लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ३ करोड रुपैयाँ रहेको कम्पनीले जगेडामा ९ लाख ८७ हजार रुपैयाँ सञ्चिती गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १६ करोड १५ लाख रुपैयाँ सापटि लिएर.४ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेर १८ करोड ९५ लाख रुपैयाँभन्दा कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा रहेको छ ।