एनआईबिएल सहभागिता फण्ड कारोबार शुरु - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

एनआईबिएल सहभागिता फण्ड कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ असोज २०७६
Sunrise bank
एनआईबिएल सहभागिता फण्ड कारोबार शुरु
LBEF
NCH-IPS

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, (NIBL Sahabhagita Fund) नामक खुलामुखी योजनाको सोमबारदेखी कारोवार शुरु भएको छ । 

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवार बाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढी बाट समेत खरिद बिक्री गर्न सकिने जनाएको छ ।  

कारोवारको पहिलो दिन लगानीकर्ताहरुबाट बिभिन्न किसिमका जिज्ञासाहरु राख्नुका सथै ब्यवस्थित लगानी योजना (Systematic Investment Plan ) को बारेमा उत्साहपूर्वक जानकारी लिईएको र उक्त दिन २ हजार ८ सय इकाई बिक्री तथा १ हजार ५ सय इकाई पुर्नखरीद भएको जानकारी योजना ब्यवस्थापकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस