काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड १३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ५७ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको नोक्सानी यस वर्ष बढेको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेसँगै नोक्सानी बढेको हो ।
गत वर्ष ५२ लाख ६५ हजार रूपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ३ करोड २५ लाख रूपैयाँ वित्तीय खर्च गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट १ करोड ३९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । विक्री खर्च भने गत वर्ष १२ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १६ लाख रूपैयाँभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी २८ करोड रूपैयाँ रहेको छ । रिटेन्ड अर्निङ भने ५ करोड ७० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कर्जा सापटी भने गत वर्ष १ करोड २९ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २ करोड ७५ लाख रूपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म ११ रूपैयाा २० पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ६१ पैसा छ ।