aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश कति दिँदैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ मंसिर २०८०
Global IME
ime Limited
सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश कति दिँदैछ ?
DHI
nmb

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मङ्सिर २४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १ गते बेसको कम्पनीको सञ्चालक समितिको बैठकले लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषयलाई पनि टुङ्ग्याउनेछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने प्रस्ताव पनि सभाका लागि तय भएको छ । आगामी दिनमा कम्पनीले मर्जर तथा प्राप्ति प्रकृया अघि बढाउने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले यस वर्ष कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

 हाल कायम चुक्तापूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रूपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ११ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र कम्पनीको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

प्रतिक्रिया दिनुहोस