
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शिखर इन्स्योरेन्सले ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव ३३ प्रतिशत बढेको हो ।
कम्पनीको कुल आम्दानी गत वर्षभन्दा ९ प्रतिशत बढी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको छ भने कुल खर्च करिब १४ प्रतिशत बढी ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ रहेको छ । स्पेशल रिजर्भमा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रूपैयाँभन्दा बढी छ ।
अन्य इक्वीटी भने ५८ करोड ७८ लाख रूपैयाँभन्दा बढी रहेको छ । बीमा कोषमा ४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीले पहिलो त्रैमाससम्म २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस त्रैमाससम्म कम्पनीले ७५ हजार ९०४ ओटा बीमालेख जारी गरेको छ । २२ हजार ६७६ वटा बीमालेख नविकरण भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रूपैयाा ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रूपैया २४ पैसा छ ।
प्रतिक्रिया दिनुहोस