पर्यटन वर्ष २०२०ः सफल बनाउन ३ वटा उपाय - Aarthiknews
aarthiknews.com आइतबार, ०१ मंसिर २०७६   Sunday, 17 November, 2019
 
Bajaj_Bike

पर्यटन वर्ष २०२०ः सफल बनाउन ३ वटा उपाय

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, २७ असोज २०७६
Sunrise bank
पर्यटन वर्ष २०२०ः सफल बनाउन ३ वटा उपाय
LBEF
NCH-IPS

काठमाडौं । पर्यटन वर्ष  २०२० मा २० लाख पर्यटन भित्र्याउन नेपाल पर्यटन बोर्ड ३ तरिकाबाट अगाडि बढ्ने भएको छ । 

नेपाल सरकारले २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । नेपाल सरकारले लिएको लक्ष्य पूरा हुने पर्यटन वर्ष २०२० का कार्यक्रम प्रमुख रोहिनी खड्काले बताए । 
उनले भने ‘हामी २०२० मा २० लाख पर्यटन नेपाल भित्र्याउन सम्भव भएकाल नै लागि रहेका छौ । नेपालमा पर्यटनहरू ठुला –ठुला सहर भन्दा साना– साना सिम्प्ली सहर हर्नको लागि पर्यटन नेपाल आउँछन्’ । 

नेपालमा आउने पर्यटक ठुला भवन, टावर र चिल्लो सहर भन्दा हिमाल पहाड हेर्न, नेपालीको लाइफ् इस्टायल हेर्न र अनुभव गर्न आउने हुनाले २० लाख पर्यटन नेपाल भित्र्याउने  उनको भनाइ छ । 

नेपालमा पर्यटक भित्र्याउनको लागि नेपाल सरकारले भन्दा बढि निजि क्षेत्रले पहल गरिएको पाइन्छ । २०२० मा २० लाख पर्यटक भित्र्याउनको लागि निजि क्षेत्रले विभिन्न होटल र रेष्टुरेण्ट खोलिरहेका छन् । 

पर्यटन वर्ष २०२० आउन ३ महिना मात्र  बाँकि रहेको छ । यस बिचमा डिसेम्बर सम्ममा अन्तराष्ट्रिय स्तरमा विभिन्न देशमा ट्रस्ट (सहायता कक्ष) राखेर लन्ज गर्ने खड्काले बताए । 

त्यसैगरी  जनावरी पहिलो हप्तामा नेपाल भित्र सात वटै प्रदेशमा एकै पटक २०२० को उद्घाटन गर्ने कार्यक्रम रहेको खड्काले बताए । 

नेपालमा एयरपोर्ट अभावको कारण पर्यटक भित्र्याउन सकिदैन भनेर चर्चा लिरहेको बेला काठमाडौंमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल सानो भएकाले यस विमान स्थलले २० लाख पर्यटक धान्न नसक्ने अवस्था रहेको छ ।

तर २०२०को सचिवालयले भने लुम्विनि र पोखराको एयरपोर्टबाट सिधै पर्यटक आउन सक्ने व्यवस्था मिलाउने भएको छ । लुम्विनि र पोखरामा सिधै पर्यटक ल्याउँदा पर्यटक बढि आउने २०२० को सचिवालयले जनाएको छ । 

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अगाडि सारेको छ । सन् २०१८ मा नेपालमा ११ लाख ७२ हजार पर्यटक भित्रिएका थिए । यसलाई बढाएर सन् २०१९ मा १५ लाख र सन् २०२० मा २० लाखको महत्वकांक्षी योजना अगाडि सारेको छ ।

२०१७ मा पाँच तारे होटल १२५ वटा रहेको थियो भने २०१८ मा १२९ वटा पुगेको थियो ।  २०१७ मा बेड संख्या ३९ हजार ८ सय ३३ रहेको थियो भने २०१८ मा ४० हजार ८ सय ५६ रहेको थियो । 

२०१७ मा ट्रावल एजेन्सी ३२२४ रहेको थियो भने २०१८ मा ३५०८ रहेको छ । ट्रेकिङ एजेन्सि २०१७ मा २६३७ रहेको छ भने २०१८ मा २६४९ रहेको छ । 

पर्यटन विभागका अनुसार ११ पाँचतारे, सात चारतारे र ११ तीनतारे गरी २९ वटा नयाँ होटल खुल्दैछन् । राजधानीका प्रस्तावित पाँचतारे होटलमा सिटी होटल कालीमाटी, होटल क्राउन इम्पेरियल रविभवन, एभरेस्ट हस्पिटालिटी नक्साल, जगदम्बा हस्पिटालिटी नक्साल र अकला होटल धुम्बाराही र होटल ली शेर्पा छन् ।

त्यस्तै, राजधानीबाहिर रारा परियोजना, होटल टाइगर वान रूपन्देही, होटल पवन प्यालेस लुम्बिनी, भेगास सिटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउन झापा छन् ।

प्रतिक्रिया दिनुहोस