साढे ४ अर्बको आईपीओ आउँदै - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

साढे ४ अर्बको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ असोज २०७६
Sunrise bank
साढे ४ अर्बको आईपीओ आउँदै
LBEF
NCH-IPS


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनका लागि विभिन्न एक दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका छन्  ।  बोर्डका अनुसार साढे ४ अर्ब  रुपैयाँभन्दा बढी  साढे ४ करोड  कित्ता शेयर निष्कासनका लागि आवेदन परेको हो । 

शेयर निष्कासनका लागि आवेदन दिएका  कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् पावर , ग्रिनलाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदीमर्दी एन्ड आरबी हाइड्रोपावर सिंगटी हाइड्रो इनर्जी, मैलुङखोला जलविद्युत्  कम्पनी र माउन्टेन इनर्जी नेपाल  रहेका छन् । 
त्यस्तै  नेपाल पुनर्बीमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सीआईबीएल क्यापिटलले रहेको छ । अनुमतिको पर्खिएर बसेका ती कम्पनीले बोर्डबाट स्वस्कृत पाएको दुई महिनाभित्र शेयर निष्काशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस