तिहारमा सबैभन्दा धेरै विक्री हुने भाइमसला हो । तर, व्यापारीहरुले उक्त मसालामा पनि अखाद्य, कुहिएको वा गुणस्तरहीन सामानहरु प्याकिङ्ग गरेर भाइमसलाको रुपमा बेचिरहेका छन् । एकातिर कुहिएको, अखाद्य सामान प्याकिङ्ग गरिएको छ, अर्कोतिर सामानको तौल कम हुँदा मूल्य भने छोइनसक्नु छैन ।
आफुखुशी मनोमानी ढंगले व्यापारीहरुले भाइमसलाको मूल्य तोक्ने गरेका छन् । व्यापारीहरुले भाइमसला भन्दै कुहिएको, सडेको सामान प्लास्टिकमा प्याक गरेर चर्को मूल्यमा सर्वसाधारणलाई बेच्दा समेत सरकार बजार अनुगमनमा भने यस्ता सामानमाथि नियन्त्रण गर्दैन । प्याक गरेको सामान भएपछि खोलेर हेर्न दिइदैँन ।
न त तौल नै चेकजाँच गर्न दिइन्छ । व्यापारीले भनेअनुसार सामानको मूल्य तिर्न र समान किन्दा समेत चेकजाँच गर्न नपाउने बाध्य छ सर्वसाधारणलाई । एक सय नपर्ने सामान तीन सयमा बेच्छन् व्यापारीहरु त्यो पनि खान अयोग्य । अहिले भाइमसलामा मात्र होइन मिठाइमा पनि त्यस्तै छ ।
विभिन्न अखाद्य रंग हालेर मिठाइ बनाइन्छ । मिठाइ बनाउने ठाउँ र बनाउने व्यक्ति दुवै फोहोरी छन् । यता, सडेको, गलेको वा बाँसी मिठाइ बट्टामा प्याक गरेर दुई सय नपर्नेमा पाँच सय लिइन्छ सर्वसाधारणसँग । फेरि त्यस्तो वस्तु खाँदा सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । जीरा, मरमसलाहरुमा पनि यही गरिएको हुन्छ । अहिले जीरा पिसिएको र प्लास्टिकमा प्याक गरिएको आउँछ ।
तर, त्यो प्लास्टिकमा साँच्चिकैको जीरा हुदैँन । विभिन्न सस्तो र अखाद्य वस्तु पिटेर जीराको नाममा महंगो शुल्क लिएर बेचिएको हुन्छ । एक वर्षअघि चार सय रुपैयाँमा पाइने प्रतिकिलो जीरा अहिले १४ सय पुगेको छ । प्रत्येक खाद्यान्न तथा सामग्रीमा एक सयदेखि १४ सयसम्म बढाएको पाइन्छ ।
अहिले मानिससँग पैसा नभएपछि मासु पनि बिक्री हुन छोडेको छ । खसी, कुखुरा, रांगा, बंगुरलगायत पशु चौपायाको मासु बिक्री हुन छोडेको छ । व्यापारीहरुले खसीको मासु भनेर बोकाको मासु बेच्ने, रांगाको भनेर भैंसी, बंगुर भनेर सुंगुर र लोकल भनेर बोइलर कुखुराको मासु बेच्ने गरेका छन् ।
पछिल्लो समय बजारमा मासु किन्नको संख्या हवात्तै घटेको देखिन्छ । मासु पसलमा एक जना देखिदैंन । फेरि मासु पसलहरु पनि सरकारको मापदण्डविपरीत सञ्चालन भएका छन् । मासु पसलमा जाँदा मासु काट्न प्रयोग गरिने सामग्री, मासु पखालेको पानी र मासु काट्ने मान्छे सबै फोहोरी देखिन्छन् । यता, मासुमा तौलमा उपभोक्तालाई ठगिन्छ भने मरेको खसी, बोका, कुखुरा, सुंगुर पनि बिक्रीवितरण गरिन्छ ।
दही, दूध पसलमा पनि यस्तै छ । गुणस्तरीय भन्दै दूधमा पानी मिसाएर दिइन्छ । दही पनि महंगो मूल्य लिएर खानै नहुने बेचिएको हुन्छ । पनिर पनि कहिल्यैदेखिको बासी बिक्रीवितरण गरिन्छ । दही, दूध पसलमा पनि उपभोक्ताहरुको संख्यामा कमी आएको देखिन्छ ।
किराना पसलदेखि होलसेल पसल, भाटभटेनी, सुपरमार्केट, बिग मार्केटहरुमा म्याद गुज्रिएको सामानमा नयाँ स्टिकर टाँसेर बिक्रीवितरण गरिएको छ । सामानको मूल्य व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो सर्वसाधारणले त्यति नै तिर्नुपर्ने बाध्यता छ ।
यसपालिको दशैंमा आर्थिक मन्दीका कारण पशु चौपायाको खपतमा कमी आयो । खसी, बोका, च्याङ्ग्रा, कुखुरालगायत मासुको बिक्रीमा भारी गिरावट आयो । त्यस्तै, मदिराहरुको पनि खासै बिक्री भएन । व्यापारीहरु सर्वसाधारण जनतालाई ठगेको ठग्यै छन् अनि राजनीतिक दलका नेताहरु तीनै व्यापारीसँग चन्दा उठाइरहेका छन् ।
व्यापारीहरुले सर्वसाधारणलाई त ठगेर कमाए । तर, भनिन्छ नि ठगेर, लुटेर कमाएको सम्पत्ति धेरै दिन टिक्दैँन । त्यसरी नै सर्वसाधारणलाई ठगेर कमाएको पैसा व्यापारीहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए । सँगै कतिपयले सहकारीमा समेत जम्मा गरे । अहिले भने उनीहरुको बेहाल भएको छ । सहकारी भाग्यो त घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छायो ।
जे व्यक्तिको मासिक आम्दानी तीन हजारदेखि पन्ध्र हजारसम्म हुन्छ । उसले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न सक्दैँन । किनकि त्यो रकमले उसलाई खानै पुग्दैंन । जसले भ्रष्टाचार, कालोबजारी र अरुलाई ठगेर कमाएको थियो हो ती व्यक्तिहरु आज डुबेका छन् ।
चार हजार कित्तामा किनिएको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था आएको छ । पचास लाखको गाडी लाखमा बिक्दैँन त करोडमा किनेको घडेरी लाखमा जादैंन । भर्खरै जन्मिएको बच्चालाई अरुलाई ठग्ने, लुट्ने भन्ने थाहा हुदैँन । तर, परिवारको अवस्था र समाजले उसलाई चोर्नेदेखि हत्या, हिंसा गर्नेसमेत बनाउँछ ।
पसलमा न सामानको मूल्यसूची उपभोक्ताले देख्ने गरी राखिएको हुन्छ न त पसल नै सम्बन्धित वडा कार्यालय, नगरपालिकामा दर्ता गरिएको हुन्छ । व्यापारीहरु सुकिलामुकिला भएर बसेका छन् । ग्राहक आउँदा मिठो बोलीबचन गर्छन् अनि ठग्न सुरु गर्छन् । सर्वसाधारणलाई त महंगोमा सामान बेचेर उनीहरु ठग्छन् नै राज्यलाई समेत कर तिदैंनन् ।
व्यापारीहरु पनि राजनीतिक दलमा आबद्ध छन् । पार्टीको सदस्यता लिएका छन् भने मासिक वा दिनहुँ रुपमालेबी बुझाउँछन् । सर्वसाधारण जनता बैंकमा कर्जा लिन जाँदा बैंकका कर्मचारीहरु मिठो बोल्छन् । उनीहरु सुगरसफा हुन्छन् । एक करोडको धितो राख्दा ५० लाख कर्जा दिइन्छ ।
त्यसमा पनि पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क र ब्याज भनिने बेला १६ प्रतिशत भनेपनि ४८ प्रतिशत लिइन्छ । तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाइन्छ । अब भन्नुस् यीनीहरु जनताको सेवा गर्न बसेका हुन् कि ठग्न, लुट्न ? े
सरकार कर्मचारीहरुले पनि जनताले नै तिरेको करबाट तलबभत्ता खाने हो, पोसाक लगाउने हो र पेन्सन खाने हो । तर, जनताले कर उनीहरु छिटोछरितो रुपमा गर्दैनन् । यहाँ एकले अर्कोलाई ठगेको छ, झुक्याएको छ र लुटेको छ । चाँहे त्यो व्यवसाय गर्ने नाममा नै होस् या सेवा दिने नाममा ।
भनिन्छ, बोल्न सक्नेको पिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैंनन् । त्यसरी नै व्यापारीहरुले अखाद्य, गुणस्तरहीन र कम तौल भएको सामान बेचिरहँदा सर्वसाधारण महंगो मूल्य तिरेर सामान बाध्य छन् । अनि कहाँ छ सरकार ? (लेखकले लेखेका विषय लेखकमा निजी विषय हुनः स )