काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । सुपरओभरमा पाएको २२ रन लक्ष्य पछ्याउने क्रममा नेपालले १० रन मात्र बनाएपछि उपाधि ओमानको पोल्टामा गएको हो ।
नेपाल र ओमान दुबै टीमले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् । आज प्रतियोगिताको उपाधिका लागि यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो ।
पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा सो लक्ष्य पछ्याउने क्रममा ओमानले १८४ रन बनाउँदा खेल बराबरीमा पुगेको थियो ।
त्यसपछि सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । नेपाली ब्याट्स्म्यान कुशल भुर्तेल पहिलो रनमै आउट भएका थिए । कुशल मल्ल र गुल्शन झाले निर्धारित लक्ष्य भेट्न नसक्दा उपाधि ओमानले हात पारेको हो ।