इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise bank
इक्वेडरमा इन्धनको मूल्य बृद्धिको विरोध
LBEF
NCH-IPS

इक्वेडर । इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा एक हप्ता अघिबाट शुरु भएको  हिंसात्मक झडप जारी रहेको छ ।गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । जसको कारण १२३  प्रतिशत सम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो । 

यो उपाय अन्तर्रािष्ट्रय मुद्रा कोषमा सहमति भएका सुधारहरू मध्येको एक हो ।  जसले इक्वेडरलाई ४।२ अर्ब डलर क्रृण लिन मद्दत र्पुयाउँछ । 

अक्टोबर २ मा करिब ३०० प्रदर्शनकारीहरू राजधानीमा केन्द्रीय बैंक बाहिर जम्मा भएर विरोध प्रदर्शनको गर्नुको साथै मोरेनोको राजीनामाको माग गरेका थिए ।

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिहरूले प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनको क्रममा सुरक्षाबल गरेको कारबाही करिव ३० जना घाइते छन् र दर्जनौं पक्राउ परेका छन् ।  बस र ट्याक्सीहरू क्विटो र अन्य शहरहरूमा हडताल गरेका छन् । राष्ट्रपति मोरेनोले सङ्कटकालीन घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });