दशैंपछि खुलेको शेयर बजार बढ्न सकेन - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

दशैंपछि खुलेको शेयर बजार बढ्न सकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise bank
दशैंपछि खुलेको शेयर बजार बढ्न सकेन
LBEF
NCH-IPS

काठमाडौं । दशैंपछि खुलेको शेयर बजार सुखद् रहेन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दशैंपछिको पहिलो एवम् साताको अन्तिम कारोबार दिन बिहीबार घटेर बन्द भएको छ । बिहीबार नेप्से ०.३९ अंकले घटेर ११४९.०१ बिन्दूमा झरेको छ । 

बिहीबार कुल १२१ वटा कम्पनीको २ लाख ३२ हजारभन्दा बढी कित्ता शेयर ६ करोड ३८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

यस्तै होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ विन्दुले घटेका छन् । स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५५ लाख पाँच हजार ४२६, सिदार्थ बैंक रु ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक रु ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक रु ३४ लाख ५८ हजार, सनराइज बैंक रु १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट रु १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । यस्तै गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए । त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });