aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

एयरपोर्टदेखि सोल्टी होटलसम्म आज दिउँसो ३ बजे सी भ्रमणको रिहर्सल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असोज २०७६
Sunrise
एयरपोर्टदेखि सोल्टी होटलसम्म आज दिउँसो ३ बजे सी भ्रमणको रिहर्सल हुने
LBEF

काठमाडौं । शनिबारदेखि दुई दिने राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीले अहिले दिउँसो ३ बजे विमानस्थलदेखि होटलसम्म रिहर्सल गर्ने भएका छन् ।

 सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्म कार्गेडसहितको  रिहर्सल गर्न लागेका छन्।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने चिनियाँ अंगरक्षकका साथ पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा अनुसन्धान विभागका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने छन् । सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस