चिनियाँ राष्ट्रपतिको भ्रमण :सुरक्षा व्यवस्था कडा - Aarthiknews
aarthiknews.com सोमबार, ०२ मंसिर २०७६   Monday, 18 November, 2019
 
Bajaj_Bike

चिनियाँ राष्ट्रपतिको भ्रमण :सुरक्षा व्यवस्था कडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
Sunrise bank
चिनियाँ राष्ट्रपतिको भ्रमण :सुरक्षा व्यवस्था कडा
LBEF
NCH-IPS

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उनको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस