यस्तो रहयो पुँजी बजारका हस्तीहरुको दशैं - Aarthiknews
aarthiknews.com सोमबार, ०२ मंसिर २०७६   Monday, 18 November, 2019
 
Bajaj_Bike

यस्तो रहयो पुँजी बजारका हस्तीहरुको दशैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असोज २०७६
Sunrise bank
यस्तो रहयो पुँजी बजारका हस्तीहरुको दशैं
LBEF
NCH-IPS

काठमाडौं । नेपाली हिन्दुको सबैभन्दा ठुलो चाड दशै चलिरहेको छ तर यो चाडमा नेपाली पूंजी बजारका हस्तीहरुमा भने हर्ष उल्लास  छैन । प्रश्न उठ्छ, किन मानिसहरू यति निरास भैरहेका छन् रु अघि पछि भन्दा लामो बिदाको उपयोग गर्न विदेश घुम्न जाने, रमाइलो गर्ने ब्रोकर कम्पनीका संचालकहरुले यो वर्ष त्यस्तो योजना बनाएनन् ।

त्यसैले सामान्य ढंगले बित्यो,ब्रोकर अफिसका प्रबन्धक निर्देशकहरूको दशै । अनलाइन ब्रोकर सेक्युरिटिज प्रा।लिका प्रबन्धक निर्देशक अन्नत पौडेलले यो दशै पत्रपत्रिका र किताब पढेर बिताए । अघिल्ला वर्षहरुमा उनि विदेश या नेपालकै बिभिन्न ठाउँहरूमा घुम्न जाने गरेका थिए । तर यो वर्ष भने घरमै बस्ने योजना बनाए  उनले । ओखलढुङगा घर भएका पौडेल धेरै जसो दशै काठमाडौं र अन्य स्थानमा मनाउने गरेका छन् । 

दशै चाड मनाउने तरिका सबैको भिन्न भिन्न हुने गर्दछ । कसैले आफ्नो लगि मात्र सोच्ने गर्दछन भने कसैले परिवारको बारेमा पनि सोच्ने गर्दछन् । त्यसै मध्य एक पात्र हुन्, भरत रानाभाट । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रा।लिका प्रवन्धक निर्देशक भरत रानाभाटले पनि दशै सामान्य तरिकाले मनाएका छन् । पोखरा घर भएका उनि प्रत्येक दशै पाखरामै मनाउने गरेको बताउँछन् । उनी भन्छन् ‘दशै भनेको परिवार संग रमाइलो गर्ने चाड हो । दशैमा आफु मात्र घुम्न जानु त्यति उचित नभएकाले दशै परिवारसंग मनाउने गरेको छु’ । 

क्रिष्टल कचंनजग्गा सेक्युरिटिज प्रा।लिका प्रबन्धक निर्देशक तथा ब्रोकरका पूर्व अध्यक्ष  प्रियराज रेग्मीले पनि यस वर्षको दशै सामान्य तरिकाले मनाएका छन् । दशैलाई भनेर कुनै रकम नछ्ट्याएको उनि बताउँछन् । उनले भने ‘यो वर्षको दशै सामान्य तरिकाले काठमाडौंमा नै मनाइयो ।

पूंजी बजारमा लगातार रुपमा देखिएको गिरावटले यस क्षेत्रमा सकृय ब्रोकर मात्र होइन कि लगानीकर्ता अझ निराश बनेका छन्  ।  दशैं लगायतका कुनै चाड पर्वले उल्लास ल्याउन नसक्ने अवस्थामा अहिले नेपालको पुँजी बजार पुगेको छ । 

प्रतिक्रिया दिनुहोस