भन्सार छलीका सामान सहित ३ जना पक्राउ - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

भन्सार छलीका सामान सहित ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असोज २०७६
Sunrise bank
भन्सार छलीका सामान सहित ३ जना पक्राउ
LBEF
NCH-IPS

बारा । इलाका प्रहरी कार्यालय बाराले भारतबाट भन्सार छली गरि ल्याउदै गरेका कपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

 कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो लगायतका गरी ३३ लाख ९० हजार बराबरको कपडा बरामद भएको प्रहरीले जनाएको छ । 
कपडा कारवाहीको  लागि भन्सार कार्यालय वीरगञ्ज पठाइने सिम्रौनगढ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });