सभामुख निवासबाटै पक्राउ परे महरा, निजी कारमा राखेर लगियो - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 

सभामुख निवासबाटै पक्राउ परे महरा, निजी कारमा राखेर लगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
Sunrise
सभामुख निवासबाटै पक्राउ परे महरा, निजी कारमा राखेर लगियो
LBEF

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले बालुवाटार स्थित सभामुख निवास बाटै पक्राउ गरेको छ । 

बलात्कारको आरोप लागेका महरालाई आइतबार साँझ अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।  आज दिउँसो अनुसन्धान अघि बढाउन महरालाई पक्राउ गर्ने अनुमति जिल्ल अदालत काठमाडौँले दिएको थियो ।

सादा पोसाकमा खटिएका प्रहरीले महरालाई बा १८ च ४०० नम्बरको उनले प्रयोग गर्ने निजी कारमै उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखेर लगिएको स्रोतले जनाएको छ । महरालाई पक्राउ गर्न प्रहरीकै भ्यान आए पनि उनले निजी कारमै जान चाहेका थिए ।

महरालाई पक्राउ गर्ने तयारी भएसँगै सभामुख निवास आसपास भारी सङ्ख्यामा सुरक्षाकर्मीको चहलपहल देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस