बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
Sunrise bank
बजेट अभावमा आयुर्वेद औषधालयका सेवा बन्द
LBEF
NCH-IPS

बैतडी । बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचोर र शाहीलेक सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ ।

कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए । बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मार्कामा परेका छन् । गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुशी भएका स्थानीयवासी सेवा बन्द हुँदा निराश भएका छन् ।

केही महीना सञ्चालन भएको पञ्चकर्म सेवाअन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरूलाई समस्या भएको दशरथचन्द नगरपालिका– १ का हरिप्रिया भट्टले बताए। बाथरोगका बिरामीलाई मध्यनजर गरेर शुरु भएको सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको हो ।

नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सञ्चालन हुने वरिष्ठ वैद्य कलौनीको भनाइ छ । लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने र आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पञ्चकर्म सेवा उपयुक्त मानिन्छ । पञ्चकर्म सेवा शुरु गर्न सके लामो समयदेखि दम, बाथरोग, गठियावादलगायतका बिरामीलाई सजिलो हुने गर्दछ । बैतडीको मेलौली, मुस्याचौर र शाहीलेक गरी तीन स्थानमा आयुर्वेदिक औषधालय रहेका छन्

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });