प्रहरीले पायो महरालाई पक्राउ गर्ने अनुमति - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 

प्रहरीले पायो महरालाई पक्राउ गर्ने अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
Sunrise
प्रहरीले पायो महरालाई पक्राउ गर्ने अनुमति
LBEF

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

संसद् सचिवालयकी कर्मचारी  रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोपमा लगाउँदै शनिवार महानगरीय प्रहरी वृत्त बानेश्वरमा महराविद्ध किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरीमा पीडित महिलाले गत आइतबार राति महरा आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको उल्लेख छ ।  

यस सँगै महराले गत सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए भने संसद् पद भने अझै त्यागेका छैनन् । जसको कारण अदालतको अनुमति पाए पनि प्रहरीले महरालाई पक्राउ गर्न नसक्ने देखिन्छ ।

महरालाई पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्ने कानुनी प्रक्रिया रहेको छ।

प्रतिक्रिया दिनुहोस