महराविरुद्ध बलात्कार प्रयासको जाहेरी, कारबाही प्रक्रिय आजदेखि सुरु - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

महराविरुद्ध बलात्कार प्रयासको जाहेरी, कारबाही प्रक्रिय आजदेखि सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असोज २०७६
Sunrise bank
महराविरुद्ध बलात्कार प्रयासको जाहेरी, कारबाही प्रक्रिय आजदेखि सुरु
LBEF
NCH-IPS

काठमाडौं । संघीय संसद् सचिवालयकी स्वास्थ्यकर्मी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा शनिबार किटानी जाहेरी दिएकी छन्। 

शाही स्वयं शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन् । यससम्बन्धी थप कानुनी कारबाही प्रक्रिया आइतबारदेखि अगाडि बढाउने प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार यौन दुर्व्यवहारको घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा प्रहरी र पीडित रोशनीबीच भएको लामो छलफलपछि उजुरी दर्ता गरिएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ। 

सीसीटीभी फुटेजमा समेत महरा रोशनीको कोठामा देखिएको स्रोतले उल्लेख गरेको छ । ‘आइतबार अपराह्न ४ बजे महराले रोशनीसँग फोन सम्पर्क गरेका थिए। त्यसपछि उनी साँझ रोशनी कोठामा पुगे । उनी कोठामागएदेखि निवासमा फर्किएसम्मका सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ,’ प्रहरी स्रोतले भन्यो।

किटानी जाहेरी शनिबार दर्ता भएकाले आइतबार अदालतको अनुमति लिएर महरामाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिने प्रहरीले जानकारी दिएको छ। यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले सोमबार

सभामुख पदबाट राजीनामा दिएका थिए। महराकोसांसद पद भने यथावत् छ। किटानी जाहेरीपछि प्रहरीले बलात्कार प्रयासको अभियोगमा छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाकी उपसभामुख (कार्यवाहक सभामुख) समक्ष लिखित आग्रहगर्ने भएको छ । 

बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुख या कार्यवाहक सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा घटनास्थलबाट बरामद सामानकोफरेन्सिक जाँचको प्रक्रियासमेत अघि बढाएको छ।

रोशनीले आइतबार राति नै प्रहरीलाई फोन गरी महराले आफूलाई बलात्कार गरेको मौखिक जानकारी गराएकी थिइन् । खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी नेतत्वको टोली घटनास्थलमा पुगेको थियो। 

प्रहरी टोली पुग्दा महरा रोशनीको कोठाबाट फर्किइसकेका थिए। प्रहरीले घटनास्थलमा रक्सीको बोतल, फुटेको चस्माको सिसालगायतका सामान बरामद गरेको छ।

रोशनीमाथि गरेको दुर्व्यवहारको मुद्दामा अनुसन्धान सुरु गर्न चौतर्फी दबाब बढेपछि गहमन्त्री रामबहादुर थापाले महानिरीक्षक सर्वेन्द्र खनालसहितका उच्च प्रहरी अधिकारीसित शुक्रबार साँझ छलफल गरेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });