प्रतिबन्धित भारतीय नोट साट्न अर्थमन्त्रीले गरे आग्रह - Aarthiknews
aarthiknews.com शुक्रबार, ०९ फागुन २०७६   Friday, 21 February, 2020
 

प्रतिबन्धित भारतीय नोट साट्न अर्थमन्त्रीले गरे आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ असोज २०७६
Sunrise
प्रतिबन्धित भारतीय नोट साट्न अर्थमन्त्रीले गरे आग्रह
LBEF

काठमाडौँ । प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट सटही गर्न नेपालले भारतसँग आग्रह गरेको छ । नोट प्रतिबन्धित भएपछि पनि नेपालमा मौज्दात करिब पाँच करोड भारतीय रुपियाँ अहिलेसम्म सटही नभएपछि अर्थमन्त्री स्तरमै यो विषयले प्रवेश पाएको हो । 

विश्व आर्थिक मञ्चमने कार्यक्रमका लागि नयाँ दिल्लीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सीतारमणसँगको भेटमा प्रतिबन्ध लगाउनु अघिको मौज्दात सटहीमा समस्या भएको जानकारी गराएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस