कृष्णबहादुर महरा अझै ‘माननिय’ ! - Aarthiknews
aarthiknews.com शुक्रबार, ०९ फागुन २०७६   Friday, 21 February, 2020
 

कृष्णबहादुर महरा अझै ‘माननिय’ !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ असोज २०७६
Sunrise
कृष्णबहादुर महरा अझै ‘माननिय’ !
LBEF

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । 

महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । कान्तिपुर दैनिकमा खबर छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस