३ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात रकम २६ प्रतिशतले वृद्धि - Aarthiknews
aarthiknews.com शनिबार, १० फागुन २०७६   Saturday, 22 February, 2020
 

३ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात रकम २६ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ असोज २०७६
Sunrise
३ प्रतिशतले घट्यो व्यापार घाटा, निर्यात रकम २६ प्रतिशतले वृद्धि
LBEF

काठमाडौं । मुलुकको व्यापार घाटा ३ प्रतिशतले घटेको छ । सवारी साधन, क्लिंकर सिमेन्ट, इन्धनको आयातमा केही कमी आएपछि व्यापार घाटा घटेको हो। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ भएको छ। ०७५र७६ को पहिलो दुई महिनामा घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ थियो।

‘घाटा कम हुनुको मुख्य कारण आयातमा कमी हो। सवारी साधानका आयात घटका छ। क्लिङकर र सिमेन्टसँगै इन्धनको आयातमा पनि केही कमी देखिन्छ,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने, ‘यही अवधिमा निर्यात बढेकाले घाटा घटेको छ।

उनका अनुसार दुई महिनाको अवधिमा सबैभन्दा बढी वनस्पतीको तेल घिउ, धागो, तयारी पोसाक, पस्मिनाको निर्यात भएको छ । वनस्पती घिउतेल पाम आयल मुख्यतः भारत नै निर्यात हुन्छन् । तयारी पोशाक तथा धागो भने तेस्रोमलकतर्फ निर्यात भएको उनले बताए। विभागको तथ्यांकअनुसार दुई महिनाको अवधिमा २ खर्ब ४८ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये २ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ । १८ अर्ब रुपैयाँको निर्यात भएको छ।  निर्यात रकम अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा करिव २६ प्रतिशतले बढी हो । ०७५/७६ को पहिलो दुई महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको निर्यात भएको थियो । 

जानकारका अनुसार घाटा कम हुनु सकारात्मक भए पनि निकासी व्यापारमा दिगोपन छैन। ‘निकासी ३ अर्ब बढे पनि तेस्रो मुलुकबाट आयात हुने वनस्पती पुनः प्रशोधन गरेर निर्यात भएको छ । वनस्पती मात्रै ४ अर्बभन्दा बढी पर्ववाणिज्य सचिव परुषोत्तम ओझाले भने। ‘स्वदेशी कच्चा पदार्थमा आधारित वस्तु होइन । त्यस्तो किसिमको निर्यातले रोजगारी र आम्दानी बढाउन सक्दैन ।’

सरकारले निर्यात बढाउने विधि पनि अपनाएको जनाएको छ। व्यापार घाटा चुलिएपछि सरकारले १९२ बंदे कार्ययोजना तयार पारेको छ। विभिन्न निकायले गर्नपर्ने कार्यहरूको जिम्मेवारी तथा समयसारिणीसहित व्यापार घाटा न्यनीकणसम्बन्धी कार्ययोजना तयार गरिएको छ । कार्ययोजनामा प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयका १५ मन्त्रालय र निकायका भूमिका तोकिएको छ। 

कार्ययोजनाले पांच वर्षभित्र नेपालको निर्यात-आयात अनुपातमा सुधार गर्ने उल्लेख छ । यस्तै उद्योग वाणिज्य तथा आपति मन्त्रालयले निर्यात प्रवर्द्धनका लागि प्रमख २८ वस्तु पहिचान गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस