सनराइज बैंकको १२औं साधारणसभा कात्तिकमा, लाभांशको प्रस्ताव पारित गर्ने - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

सनराइज बैंकको १२औं साधारणसभा कात्तिकमा, लाभांशको प्रस्ताव पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
Sunrise bank
सनराइज बैंकको १२औं साधारणसभा कात्तिकमा, लाभांशको प्रस्ताव पारित गर्ने
LBEF
NCH-IPS

काठमाडौं । सनराइज बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा कार्तिक १५ गते हुने भएको छ । बैंकले नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १ गते शेयरधनी दर्ता बन्द गर्ने भएको छ । असोज ३० गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न र लाभांश लिन पाउनेछन ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });