मोबाइल चाडमा अफर भित्र अफर, चलचित्रको टिकटदेखि ५० प्रतिशत छुट - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

मोबाइल चाडमा अफर भित्र अफर, चलचित्रको टिकटदेखि ५० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
Sunrise bank
मोबाइल चाडमा अफर भित्र अफर, चलचित्रको टिकटदेखि ५० प्रतिशत छुट
LBEF
NCH-IPS

काठमाडौं । सिटिसी मोबाइल हब सुन्धाराले दशैं टीकाको दिन बाहेक सबै दिन मोबाइल बिक्री गर्ने भएको छ । अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै दशैं तथा तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो । वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका लागि यस्तो अभियान सुरु गरिएको मोबाइल हबले जनाएको छ ।

अफर भित्र अपर सहित सञ्चालित मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । असोज ५ गतेदेखि कार्तिक १६ सम्ममा मोबाईल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेट आर स्कूटर प्रदान गरिनेछ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा लाप्टप बितरण गरिनेछ ।

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाईलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउनेछन् । मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने राईले बताए । मेलामा आउने ग्राहकका लागि निशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएको छ । 

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरीद गरेको मोबाइल निशुल्क पाइनेछ ।

विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बनेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });