दशैँमा स्याउ कोसेली - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

दशैँमा स्याउ कोसेली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
Sunrise bank
दशैँमा स्याउ कोसेली
LBEF
NCH-IPS

दार्चुला । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गरेका छन । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गरेका हुन ।

धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए । अपी हिमाल गाउँपालिकाबाट पिठ्यूँमा बोकेर ल्याएको स्याउको बजारीकरण होस् भन्नका लागि कार्यक्रममा स्याउ वितरण गर्नुभयो । तर सडक अभाव र बजार नहुँदा अहिले पनि उहाँको स्याउ बारीमै कुहिने अवस्थामा पुगेको छ ।

“खण्डेश्वरीमा स्याउको बजार छैन । सानो बजार छ, स्याउ कृषक धेरै छन् । स्याउ ग्रेडिङ गर्ने, स्याउ स्टोर गर्ने उपकरण छैन”, धामीले भने, “बारीमै कुहिन दिनुभन्दा आफन्तलाई स्याउ उपहारको रुपमा दिनु ठीक हुन्छ ।” 

अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ । दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । तर अहिले पनि उनको मात्र नभई जिल्लाभरिका स्याउ कृषकले उत्पादन गरेका स्याउले बजार पाएका छैनन् । 

खण्डेश्वरीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन र ग्रामीण जलस्रोत परियोजना जीविकोपार्जन कार्यक्रमअन्तर्गत अपी हिमाल गाउँपालिका–३ र ४ मै हजारौँ बोट स्याउ खेती गरिएको छ ।

स्याउको बजार नपाउँदा कृषकहरुले स्याउलाई आफन्तलाई कोसेलीका रुपमा दिन थालेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा स्याउ खेती गर्न थालेका यहाँका स्थानीयहरु बजार अभावमा समस्या झेल्दैछन् । 

हिमाली क्षेत्रका स्थानीयको अधिंकाश बबारीमा स्याउ लटरम्म फलेका छन् । तर बजार र सडकको पहुँचबाट टाढा भएकाले उनीहरुले बिक्री गरेर आर्थिक लाभ लिन भने सकेका छैनन् । “बजार र सडक नहुँदा आफन्तलाई स्याउ कोसेलीस्वरुप दिने गरेका छाँै”, कपुर धामीले भने, “चाडपर्वको बेला नजीकका आफन्तलाई स्याउ दिनु परेको छ । उहाँले आफ्नो बारीमा लगाएका डेढ सय बोटका स्याउ बिक्री नभएपछि कोसेलीका रुपमा दिँदै आउनुभएको छ । एउटा बोटमा सरदर २० किलोभन्दा बढी नै फल दिएको छ ।  गाउँसम्म न सडक पहुँच छ, न त बजार नै । जसका कारण उत्पादित स्याउबाट आम्दानी हुन नसकेको उनले बताए ।

“जिल्लाको व्यास, अपी हिमाल, नौगाड, मार्मा, र दुहुँ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ । यीमध्ये अपी हिमाल र व्यासमा राम्रो स्याउ उत्पादन भएको छ । सडक पुगेको क्षेत्रमा स्याउ खासै फलेको छैन । थोरै सडक पहुँच नजीक पुगेका छौँ”, मार्मा–५ का स्याउ कृषक इन्द्रसिंह महताले भने । 

तर यस क्षेत्रमा जङ्गली जनावर बँदेल र असिना पानीले स्याउ नष्ट गरिदिन्छ । बजार र सडक छ, तर स्याउ लगाउने कृषक कम छन्, महताले भने, “आफूले पनि शुरुमा बैतडीको सतबाजबाट परीक्षणका लागि लगाएको स्याउले अहिले उत्पादन दिन थालेको सुनाउनुभयो । “शुरुमा दुई सय बोट ल्याएर खेती गरे”, उनले भने । तर असिना र जङ्गली जनावरबाट जोगाउनै मुस्किल छ । १०÷१५ क्विन्टल मार्मा गाउँपालिका बजारमा बिक्री गरियो । 

स्याउ अपी हिमालको वडा नं २ को सिती, दैभात, ३ को पाथा, कसौती, थुम्ती, ४ को खात्ती लगायतमा राम्रो उत्पादन हुने गरेको  छ । यस्तै व्यास गाउँपालिकाको छाङ्गरु, गागा, राप्ला, मल्लीराप्ला, दुम्लिङ, पथ्थरकोट, तुसरपानी लगायतका क्षेत्रमा राम्रो उत्पादन हुने गरेको व्यास गाउँपालिकाका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडूले बताए ।

जिल्लाभरि स्याउको सम्भावना बोकेका क्षेत्र छन् । स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ ग्रेडिङ, स्याउ स्टोरेज र स्याउ परिकार बनाउने तालीम पाउनुपर्ने स्याउ किसानको माग छ । स्याउको परिकार बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस