
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्कासन गर्न स्वीकृती दिएको छ । सेबोनले कम्पनीलाई १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गर्न असोज ४ गते स्वीकृती दिएको हो ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले अंकित मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले एफपीओ निष्कासन गर्न निवेदन दिएको करीब २ वर्ष पछि स्वीकृती पाएको छ । कम्पनीले २०७८ साल कात्तिक २३ गते एफपीओ निष्कासन गर्न निवेदन दिएको थियो ।
कम्पनीले शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर संरचना हाल संस्थापकको ७१ प्रतिशत र सर्वसाधारणको २९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस