aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

बेनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असोज २०८०
Global IME
बेनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
DHI
nmb

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ५ गते सेबोनमा निवेदन दिएको हो । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस