शीर्षकहरू

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । ‘९प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

ऋणपत्रको क्रमसंख्या नं. १ देखि १४,१८,३६६ सम्मको अंकित तथा चुक्ता मूलय एक हजार रुपैयाँ कायम भएको कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत खुल्ला बिक्री आश्वान गरिएको थियो ।